सन्तोष कार्की मौसुफ
छोरा रुपेशले भन्यो, “बुबा तपाईँले मेरो बिहेको लागि किन मान्नुहुन्न ? उता केटीको घर परिवार राजी छन् , ममी पनि राजी हुनुहुन्छ। सारा आफन्त नातागोता राजी छन्।”
बुबाले भने, “यो बिहे म हुँदै दिदिन। तैंले बिहे गर्छस् नै भने मेरो पल्टने जोडाको छोरीसँग गर्नुपर्छ।”
छोराले रिसाउँदै भन्यो, “तपाईँले मान्नु हुँदैन भने, म कोर्ट म्यारिज गर्छु।” बुबाले रिसाउँदै भने, “जा जे गर्न मन लाग्छ त्यहीँ गर, तर तैंले बिहे गर्छस् नै भने मेरो जोडा कै छोरीसँग गर्नुपर्छ।”
छोरा साँचै नै कोर्ट म्यारिज गर्न जिल्ला अदालत गयो। पछाडिबाट केटाको आमा दुर्गाले भनिन: “तपाईँले यो के गर्नुभयो रुपेशको बाबा? केटी राम्री हुनुको साथै पढेलेखेकी सस्कारी पनि छे।”
बुबाले भने: “यो देखावटी जमाना छ, त्यसमाथि महँगाई बढेको बढै छ। १२-१५ लाख बिना बिहे हुनै छोड्यो। कोर्ट म्यारिज गर्दा कुनै पैसा लाग्दैन। उता केटी पक्षको घर परिवारको पैसा पनि बच्छ र हाम्रो पनि बच्छ। उनीहरुले बिहे गरेपछि छोराले गर्दै गरेको ब्यापारमा ८ लाख लगाई दिन्छु र बाकी ८ लाख त्यसको एकाउन्टमा हाल्दिन्छु। उनीहरु जिन्दगीभर खुशीसँग जीवन बिताउछन। बाकी दुनियालाई त के छ र २/४ दिन कुरा काट्छन त्यसपछि चुप लाग्छन्।”
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…
View Comments
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=IHJUI7TF
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.