कृष्ण अधिकारी
बोलौँ बोलौँ लागि राछ
बोल्नै सकिन्नँ
मनको बह खोलौँ भने
खोल्नै सकिन्न
पीडा बोकि छाती भरि
बाँच्न गारो भो
मर्न खोजे लाछि भन्लान्
सुन्न सारै हो
गृहस्थीको भारि अब
धान्नै गाह्रो भो
जीवन धान्न कठिन रैछ
बुझ्नै सारो भो
जीवन सुन्दर फूल भन्थे
बुझ्नै सकिन
आफ्ना रहर थाति भए
पुरा भएन
जीवन फूल मात्र हैन
काँडा हुँदो रैछ
फूलको रक्षा गर्न
काँडो बन्दो रैछ
यस्तै रैछ जीवन मेरो
काँडा बिचको फूल
बाँच्नै पर्ने आफ्नो
दिन बाँकी हुन्जेल
मन दरो तन दरो
आफ्नै लागि पारि
बाँच्न पर्छ रहरहरु
सबै मायाँ मारि
त्यसैले
गरौँला गरौँला छ बेला भनिन्थ्यो
सकिएछ बेला भइएछ बुडो।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…