भक्तपुर बोडेको ऐतिहासिक कमलपोखरी, मन बहलाउने गन्तव्य

भक्तपुर, असार ३१ । मध्यपुर थिमी नगरपालिका–८, बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुःमा आधा शताब्दीपछि फुलेका छन्, ढकमक्क कमल । नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँ अप्पा र इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनर्निर्माण गरी वरिपरि बार लगाइएको छ ।

पोखरी आसपासमा बिहान, बेलुकी स्थानीयको ठूलो जमघट हुने गर्दछ। ‘मर्निङ वाक’ र ‘इभिनिङ वाक’का लागि स-परिवार अहिले यो पोखरी आसपासमा जाने गर्दछ्न ।

ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमलपोखरी व्यक्तिका नाममा दर्ता भइसकेको थियो । पोखरीमा किला गाडेर पटक पटक किनबेच भइसकेको ऐतिहासिक पोखरीको अधिकार फेरि पनि स्थानीयले आफ्नो मातहत ल्याउन सफल भएका छन् ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को यस पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिका नाममा किनबेच भएको थियो ।

पोखरी सम्याएर घडेरी बनाउन डोजर आएपछि स्थानीयवासीले पोखरी बिक्री भएको बल्ल चाल पाए । त्यसपछि विरोधमा उत्रिए पनि ठुला पाखुरा भएका मानिस आएर लालपुर्जा तेस्र्याउँथे । त्यसपछि यहाँका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरेर नगरपालिकासहितको सहयोगमा अदालतको ढोका ढकढकाउन पुगे ।

भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गतेको फैसलाले उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको आदेश दिएको थियो । त्यसपछि पोखरीको संरक्षणमा नगरपालिका जुटेको थियो ।

बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा छ। साथै सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउने परम्परा छ।

कमलपोखरी बोडेका स्थानीय मात्रै होइन अन्यत्रबाट आएका र यस क्षेत्रमा बसोबास गर्दै आएकाहरुका लागि अहिले घुमफिर गर्नेहरुका लागि एउटा आर्कषक गन्तव्य को रुपमा विकास भइरहेको छ ।

 

सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

18 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

19 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

19 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago