Categories: कविता

“भानु”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ छापटाेला गुल्मी

भानुकाे नाउँ लिदामा शिर श्रद्धाले झुक्दछ
बिर्सियाे भने भानुकाे देन नेपाली चुक्दछ ।
घाँसीले दियाे त्याे दिव्य अर्ती मनमा लियाै नि
साहित्य सुधा अमूल्य ज्ञान तिमीले दियाै नि ।
हे भानु ! तिमी बनेर माली नेपाल सजायाै
नेपाली भाषा सहित्य हाम्राे समृद्ध बनायाै ।
संस्कृति धर्म अध्यात्मवाद जुरुक्क उठायाै
नेपाली भाषा तिमीले भानु  संसार फिजायाै ।
छिप्छिपे थियाे कविता काव्य नेपाली भाषामा
सबैले बुझ्ने साहित्य दियाै मिठास खासमा ।
आदर्शवादी सुशिक्षा दियाै गाउँ र घरमा
रामकाे कथा सीताकाे गाथा फैलायाै नरमा ।
बुहारी सासू झगडा गर्थे साँझ र बिहान
गाउँ र घर अशान्त थिए थिएन निदान ।
असभ्यपन हटाऊँ भन्याै काव्यमा लेखेर
विराेध गर्याै विद्राेह गर्याै बिकृति देखेर ।
भानुकाे दाेष देखाई राणा जेलमा हाले नि
तिमीले साेही माैकामा गर्याै काव्यकाे थालनी ।
लेखेर छाडे भानुले काव्य संसारै छाेडे नि
भानुकाे नाम अधुरो काम माेतीले जाेडे नि ।
छपाई दिए भानुका काव्य जीवनी लेखेर
नेपाली आदि कविकाे संज्ञा दिए नि बुझेर ।
भानु र माेती अमूल्य ज्याेति शरण पर्दछु
आशिष देऊ साहित्य सेवा म‌ै पनि गर्दछु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 weeks ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 weeks ago