Categories: बाल कथा

भौँतारिएका पाइलाहरु


शुक्रराज कुँवर
धरान १०

अष्ट्रेलिया उडानको लागि म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिएँ । मेरो आडैमा एकजना युवक आएर बसे। उनीसङ्ग लामै कुराकानी भयो । विदेश जानुपर्ने कारण बारे उनले यस्तो धारणा राख्यो – ” के गर्नु हजुर नेपालमा कुनै भविष्य छैन।” त्यसैगरी विमानस्थलमा ओहोरदोहोर गरिरहेका अन्य युवायुवतीहरु सबैको एउटै बोली थियो,”नेपालमा कुनै भविष्य छैन।”
मैले झ्याल बाहिर हेरेँ , आफ्नो सन्तानको भविष्य कोर्ने बावुआमाहरु कोही मलिन देखिन्थे, कोही खुसी देखिन्थे।विमान बादलसङ्ग पौँठेजोरी खेल्दै आकाशमा उडिरहेको थियो । यसको गर्भभित्र कैयौँको भविष्य लुकेको थियो । एक जना बुज्रुक देखिने ओहदावाला व्यक्ति पनि विदेश पलायन हुँदै थिए । उनको कथन थियो – ” के गर्नु हजुर भ्रष्टहरुको सम्राज्यमा टिक्न सकिएन।”
यसरी विदेश भासिनु कसैको रहर वा कसैको बाध्यता होला । म सोचमग्न रहेँ ।
चार घण्टाको उडान पछि विमान ‘ट्रान्जिटका लागि सिङ्गापुरमा अडियो । त्यहाँ पनि युवायुवतीहरु विभिन्न मुलुक गन्तब्यका लागि लगेज सँगसँगै आ-आफ्नो भविष्य घिसार्दै थिए।
अन्तत: विमान आफ्नो गन्तब्यमा पुगेर विश्राम लियो । विमानस्थल बाहिर निस्केँ । अहो…! अनगिन्ती नेपाली पाइलाहरु उज्ज्वल भविष्यको खोजीमा भौँतारीरहेको देखेर उदेक लाग्यो । आधा नेपाल यतै जस्तो।
ब्रिसबेन सिटीको एउटा होटलमा म आफ्नो यात्रा विवरण साथीलाई सुनाउँदै थिएँ । एकजना युवा अर्डर बमोजिमको खानेकुरा लिएर आए।
“नमस्कार हजुर ” उसले मुस्कुराउँदै भन्यो।
“अहो ! नमस्कार ।” मैले उसलाई चिने । ऊ त्यही त्रिभुवन विमानस्थलमा भेट भएका युवा थिए। “ओहो वेटरको काम ? अरु के के गर्नु पर्छ ?” मैले फेरि सोधेँ ।
“भाँडा माझ्ने देखि सरसफाइ सबै काम गर्नु पर्छ।” उसले बिना झिजक भन्यो।
“अनि नेपालमा कुनै भविष्य छैन भन्थ्यौ त …! यहाँ यस्तो काममा भविष्य छ त ? ” मैले स्तब्ध हुँदै सोधेँ।
उसको चेहरामा वेदना झल्कन्थ्यो तर उसले मथिङ्गल हल्लिने गरी भन्यो , ” यहाँ डलरमा पैसा झर्छ हजुर डलरमा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

14 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

15 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago