शिव पुन
मीठो जाडाे महिना याे , आयाे मंसिर
न्याना लुगा नहुनेलाई , लाग्छ फेरि पीर।
न्याना लुगा साथी बने , घाम मीठो हुन्छ
जाडाेलाई सम्झेर , गरिब सधैँ रुन्छ।
जाडाे महिना आए पछि , फेरि उस्तै व्यथा
कहिले घाम लाग्छ भन्ने , छेपाराकाे कथा।
जाडाे मीठाे मंसिरकाे , सिरक हुनेलाई
जाडो के हाे थाहा हुन्छ , सधैँ रुनेलाई।
अहिलेकाे के जाडो , पाेहाेर अझै ठुलाे
न्याना लुगा पाए पछि , पाेहाेर उस्ले भुल्याे।
मंसिरकाे महिनामा बज्याे , लगनकाे बाजा
जन्ती सँगै घाेडा सवार , हिँडे दुल्हे राजा।
फलानाकाे विहे आज , भाेज निम्ताे आयाे
बुझ्नेले त भाेज खायाे , नबुझ्नेले पायाे।
रिण गरि खेत बेची , विहे सुहाएन
कमाउन नसक्ने भन्छ , दाइजो पाएन।
बीस वर्षे वैशमा नै , विहे गर्नु पर्छ
उमेर बढी भयाे भने , लगन फेर टर्छ।
प्रकृतिले पनि भन्छ , चाहिन्छ बच्चा
राेज्नु पर्छ जीवन साथी , हामीले सच्चा।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…