नरिश्वर गौतम
दुष्टले रुखविरुवा नष्ट गरे
स्वच्छ वायु प्रदूषणले भरे
आइदेऊ छिटो जहाँ छौ
मनसुन तिमी कहाँ छौ ?
खोला नदी बिलाइ गए
तालतलैया सुक्खा भए
आइदेऊ छिटो जहाँ छौ
मनसुन तिमी कहाँ छौ?
पशुवस्तु प्यासले मर्न थाले
उड्दाउड्दै पंक्षी झर्न थाले
आइदेऊ झिटो जहाँ छौ
मनसुन तिमी कहाँ छौ ?
खेतीपाती घामले डढयो
धर्तीमा गर्मी अति बढ्यो
आइदेऊ छिटो जहाँ छौ
मनसुन तिमी कहाँ छौ ?
जीवजन्तु काकाकुल भए
माफ गर केही भुल भए
आइदेऊ छिटै जहाँ छौ
मनसुन तिमी कहाँ छौ ?
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…