Categories: बाल कथा

महत्त्व


लक्ष्मी रेग्मी खनाल
वालिङ् स्याङ्जा

के भयो सपना बहिनी ? किन टोलाउनु भएको ? आबुई ! हजुरले त आँखाभरि आँसु बनाउनु भएको छ है । उता बाट सबिता दिदीले भन्नुभयो।
केही हैन दिदी त्यसै कहिलेकाहीँ मन कति भारी हुने । सबिता दिदी साच्चिकै बालपन कित रमाइलो हुन्थ्यो है ? हो नि ! बहिनी अभावहरुमै अवसर खोज्ने बेला भएर होला । अनि बहिनी भोलि त अष्टमिको दर खाने दिन माइती जाने होला नि ? म त जाने भनेर पार्लर जान लागेकी, हजुर नि ! जाने हो ? चुरा, टीका किन्न ? सपना भन्छिन- नाँई दिदी म त जान्न होला । दिदी म भित्र जान्छु है ! दूध बसालेकी थिएँ डढ्यो कि !
सपना भान्सामा पसेर हातले मुख छोपेर मज्जाले रुन्छे । समय कति निष्ठुरी हुन्छ है ! हिजो मामाघरको आमा आधा बाटोसम्म लिन आउनु हुन्थ्यो । हजुरआमालाई थाहा हुन्थ्यो । कुन नातिनातिनालाई के मनपर्छ भन्ने । मेरो सास छन्जेल हो बाबै ! पछि के के हुने हो भन्नु हुन्थ्यो।
पुराना भाका तीजका गीत हजुरआमाले गाउँदा मझेरीमा खुब नाचिन्थ्यो । मामाहरुले ताली बजाउनी । सधैँ अष्टमीमा मामाघर जाने, तीजमा फूपु आउनुहुन्छ भनेर घरै बसिन्थ्यो । हजुरआमाले तीजमा नि ! आओ भन्दा यी बुढीमाउले कुरै बझ्दिन्न भनेर गाली गरिन्थ्यो।
आज समय धेरै परिवर्तन भएछ पैसा नै सबैभन्दा ठूलो भयो । पेसाकै पछि दुगुर्दा हामीमा चाडवाडको महत्त्व घट्यो। चाडवाडमा माइती लिनआउने दिन हराए । हजुर त हाम्रो झोलीको देउता भन्ने मामाहरुपनि कता हराए । हिजो सँगसँगै खाना खाने दाजुभाइको माया कहाँ विलायो ? चाडवाड भनेर माइती गएर थरीथरी बनाएर खाउ भनेँ पनि रोगी बा आमालाई सुगर, प्रेशर बढ्ने हो कि भन्ने चिन्ता हुन्छ।
होस् म किन यति धेरै इमोशनल भको होला ? मैलै बुझ्नुपर्छ समयसँगसँगै हरेक चिजको महत्व घट्दो रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

20 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

21 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

21 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

2 days ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

2 days ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago