
शशी अर्याल
चिसो छ है माघको
लुकामारी घामको
मौसमले गर्दा यो
कैले पानी पर्ला भो
टोपी हाँस्यो मुसुक्क
टाउकोमा खुसुक्क
स्वीटर र मोजाले
तिम्लाई नै खोजे रे
समेटेर यी सबै
लगाएसी ती जबै
चिसोले त छुँदैन
बिरामी नि हुँदैन
हेर हेर हिमाल
अग्लिएको हिउँले
त्यसैले पो खोजेको
तातो लुगा जीउले।





