Categories: बाल कथा

माटोको ढिस्को


अन्जु शर्मा
रातोपुल

मूर्तिका आँखाबाट आँसु खसे।
उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै “गुरु! मलाई हथौड़ाले त्यसरी नपिट्नुभएको भए मेरो अस्तित्व माटोमा विलिन हुनेथियो ।”
त्यो बेलाको कुरा हो, जब मूर्ति माटोको ढिस्कोको रूपमा घामले सुकेर किक्रिक परेको थियो । पदयात्रीहरूले उसलाई थुक्दै , लत्याउदै भन्थे, “यो ढिस्को ननिकालुन्जेल हामी ठेस लागेर लड्ने भयौँ ।”
तब माटोको ढिस्को चिन्ताले झोक्राएको थियोे । ढिस्कोले मनमनै सोच्दै थियो, “म अस्तित्व बिहिन रहेछु। मेरो कुनै मूल्य रहेनछ।”
सोही बेला एक मूर्तिकार त्यहीँ बाटो आउँदैथिए। उनले ढिस्कोलाई देखेर पानी हाल्दै हथौड़ाले पिट्न थाले।
माटोले प्रतिकार गर्दै भन्यो, “गुरु ! मैले त्यस्तो के अपराध गरेँ? घामले कक्रक पारेको मेरो शरिरमा तपाईँ पानी हाल्दै किन पिट्नुहुन्छ ?” मूर्तिकारले मुस्कुराउँदै भने, “तिमी केही क्षण चुप लागेर बस। म तिमी भित्र भएको रिस, अहंकार ,निस्क्रियता फालेर एक दिब्य , सुन्दर र तेजस्वी मूर्ति तयार गर्छु।”
जब मूर्ति तयार भयो, अघि कुल्चनेहरू ढोग्दै हिड्न थाले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

17 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

17 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago