मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७
बाटोमा एकसुरले हिडिरहेकाे ऊ, छेउको नालीबाट आईरहेकाे आवाज सुनेर नालीतर्फ माेडियाे । निहुरिएर नालीभित्र हेर्यो । अनि, पिठ्युँमा बाेकेकाे झाेला हतारहतार भुईंमा राख्याे । जुत्ता फुकाल्याे । कमिजकाे बाहुला र पाइन्टकाे माेता सार्दै नालीतिर ओर्लियाे ।
एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेकाे देखेर काैतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले साेध्याे “हैन, के भयाे किन छिरेको नालीमा ?”
“नालीमा बच्चा खसेछ, निकाल्दैछु” उसले तलतिर ओर्लिंदै जवाफ दियाे ।
उसको जवाफ सुनेर मानिसहरु “कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त हाेला नि ?” भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्नथाले ।
एकछिन पछि, कुकुरको सानाे बच्चाे हातमा बाेकेर ऊ नालीबाट निस्कियाे। नसाेचेकाे दृश्य देखेर मानिसहरू भन्न लागे”जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने,कति मूर्ख रहेछाै तिमी त !”
सहज भावमा उसले भन्यो “छाउरो होइन, मैले मानवता बचाएको हुँ ।”
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…