मिनुको खाजा


रम्भा पौडेल

मिनु स्कुलबाट घर आइन्। घरको ढोकामा ताला लगाएको थियो। उनले यताउति हेरिन्। उनले आमा आमा भनिन् तर आमालाई कतै देखिनन्। उनले ढोकामा एउटा कागज राखेको देखिन्। उनले कागजमा  हरिन् । कागजमा आमाले लेख्नु भएको थियो “—मिनु म बजार गएँ । चाबी म्याटको मुनि छ । तिमीले आज कोदोको रोटीको खाजा बनाएर खानू। यो पोषणयुक्त खाजा हो। जाडोको समयमा हामीले कोदोको रोटी खानुपर्छ। अनि गृहकार्य गर्नू ” भनेर लेखेको उनले देखिन् । आमाले लेखेको कागजमा ग्यांसबाल्दा ध्यान दिनु भनेर पनि लेखिएको थियो । मिनुले चाबी म्याटमुनिबाट झिकिन् र ढोका खोलिन् । उनले ड्रेस फेरिन् र हातमुख धोएर भान्सामा गइन्। उनले अलिकति कोदोको पिठो झिकेर एउटा भाँंडोका राखिन् अनि पानी हालेर ठिक्कको गिलो बनाइन्। मिनुले तावा ग्यासचुलोमाथि राखिन् अनि झ्याल खोलिन् र ग्यास बालिन् ।  उनले ताबामा अलिकति तेल राखेर रोटी पकाइन् । उनले फ्रिजबाट चटनी झिकिन्। अनि बैठकमा बसेर टि भी हेर्दै रोटी खाइन् । मिनुले खाएको भाँंडा बेसिनमा राखिन् र गृहकार्य गर्न थालिन्। बजारबाट किनमेल गरेर आमा आउनु भयो। मिनुले खाजा खाई गृहकार्य गरेको देखेर आमा खुशी हुनुभयो। आमाले मिनुलाई काखमा राखेर म्वाई खानुभयो। आमाले मिनुलाई स्याबास् छोरी भन्नुभयो।

 

 

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

16 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

16 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

17 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago