Categories: कविता

“मेरो सिकाई”


केशवमान सिंह बस्नेत

कपाल कोर्नुस् ‘लगाउनुस् ,जुत्ता मोजा नाना
तयार हुनुस् ,झोला बोक्नुस , दिदी स्कूल जान

A B C D ‘क ख ग घ ‘पढ्न लेख्न सबै
कसरी हो मलाई पनि ‘सिकाइदिनुस बाबै

क लेख्ने कलम हो ‘खरायोको ख
भारी बोक्ने गधाको ग ‘घरजस्तो घ

Aफर स्याउ B फर बल Eफर अण्डा हो
C फर म्याउ D फर डग F फर झण्डा हो

यस्तै यस्तै पढ्न लेख्न स्कूल जान्छु है
चित्र कोर्न पेन्सिल कटर कलर लान्छु है

G ले Goat बाख्रा भन्ने ‘ H ले Hat टोपी
I चिसो Icecream ‘J लाई Jug ले छोपी

knife हुन्छ Kवाट, आलु काट्ने चक्कु
L को lionडरलाग्दो, M को monkeyछट्टु

Nले नाक समाउ भन्छ ,Nose हुन्छ नाम
oकोorange साह्रै मिठो ,Pको pilot काम

Q राम्री रानी Queen, R मुसी Rat
उज्यालो छ sunको S, Tiger Tवाट

छाता ओढौँ umbrella ,Uवाट शुरू
Vको van देखे woll , भाग्छ खुरुखुरु

x-ray लिन x को , जाने होला कहिले
Y ले Yak Z ले zebra , यति जाने मैले।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

8 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

8 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

8 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

9 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago