Categories: कविता

“मैले चङ्गा उडाएँ”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

चारपाटे कागजमा पुच्छर गाँसेर
त्यही कागजमा रङ्गीचङ्गी फुर्का टाँसेर
मैले चङ्‍गा उडाएँ धोको फेेरेर
मेरो भाइ रमायो चङ्गा हेरेर

सिन्का ताछी बाँसको कुप्रो बनाई
धनु जस्तै बङ्ग्याई सिप खन्याई
बिच पारी त्यसैमा धागो जेलेर
मैले चङ्गा उडाएँ धोको फेेरेर

`भोलिपर्सि ठूलो भई गाडी गुडाउँछु
चङ्गा हैन पछि म जहाज उडाउँछु´
यसो भन्दै लट्टाईमा धागो बेरेर
मैले चङ्गा उडाएँ धोको फेेरेर।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धान रोपाइँ”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा लौ पञ्चे बाजा बेसरी बज्यो त्यो गैरी खेतमा…

21 hours ago

“असारे गीत”

बिन्दा पराजुली बराल क्यानडा असार लाग्यो दर्किदा पानी मन पोल्छ आगर यो बर्खे बेला नलाईकन…

21 hours ago

“रोपेर मानु”

  रामशरण न्यौपाने “पाँचघरे” आषाढ लाग्यो रोपाइँगर्न बेँसीमा झर्नु छ बनेन पुल तुहिन बाटै मर्स्याङ्दी…

2 days ago

माटो

नन्दलाल आचार्य आकाश गर्जियो, तर बादलबाट पानी होइन, प्रविधिको बादल मडारिएको थियो । खेतको आलीमा…

2 days ago

“गीतकाे असार”

नीरज काेइराला खाेजेर सुख मिल्छ कि भनी पसेकाे सहर खाडल ठुलाे दुःखकाे मिल्याे हरायाे रहर…

2 days ago

“असार पन्ध्रमा”

विदुर अधिकारी रामपुर,चितवन कृषक हामी ,बन्नु छ दामी, सत्कर्म गरेर खेतको गरा , सजाऔँ हामी…

2 days ago