नरिश्वर गौतम
शनिवारको दिन
सुतेँ अलि छिन
उठेँ ताजा भएँ
भान्सातिर गएँ।।
खाजा पानी खाएँ
गृहकार्य भ्याएँ
साग माम खाएर
एकछिन खेल्न गएँ।।
खाजा खाने बेलामा
बाबाआमा मेलामा
सोधेँ खाजा के खाने
रोटी बनाम म भनेँ।।
बनाकी छैन कहिले
सिक्नु पर्छ पहिले
भन्नुस् बुझ्ने गरी
रोटी बन्छ कसरी?
बाबाआमा भन्दै
मैले गएँ सुन्दै
भनेजति मानेँ
अब मैले जानेँ।।
फर्केर घरमा गएँ
पहिले हात धोएँ
पुछी सुक्खा पारेँ
अनि सुरु गरेँ।।
एउटा बाटा लिएँ
पुछेँ सफा बनाएँ
पिठो नापी खनाएँ
किराकिरी केलाएँ।।
जगमा पानी लिएँ
अलिकति खन्याएँ
पानी पिठो मिलाएँ
मुछ्दै डल्लो बनाएँ।।
केहीबेरसम्म माडेँ
एकछिन ढाकी छाडेँ
बेल्ना चक्ला खोजेँ
तावा र ताप्के रोजेँ।।
एकछिन पिठो माडेँ
गोला बनाई छाडेँ
बाआमा आउनुभो
मेरो काम हेर्नुभो।।
साह्रै उत्सुक थिएँ
गोलो हातमा लिएँ
चेप्टो चेप्टो बनाएँ
हल्का पिठो लगाएँ।।
चक्लामा राखी रमाएँ
बेलना हातले समाएँ
बिस्तारै थिच्दै घुमाएँ
बाटुलो रोटी बनाएँ।।
बाबालाई बोलाएँ
अनि चुलो जलाएँ
चुलोमा तावा तताएँ
रोटी राखी सेकाएँ।।
फर्काईफर्काई सेकाएँ
पाक्यो कि भन्दै देखाएँ
बाआमालाई चखाएँ
मैले रोटी पकाएँ।।
मोहन प्र घिमिरे शान्तिनगर, शिद्धिचरण मार्ग, वानेश्वर आयौ शरद् घरैमा आनन्दको छ बेला मीठो समीर…
उषा बस्ताकोटी खनाल जूनमामा आफ्नै घर फर्की आउँछन् तारा पनि आफ्नै घर झल्मलाउँछन् दशैँ आयो…
बालबालिकाविरुद्ध हिंसा अन्त्यसम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री सिता बादीको सहभागिता, “बालबालिकाको सुरक्षा र सम्मानमा कुनै सम्झौता…
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
View Comments
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.