Categories: बाल कथा

याद साउने सङ्क्रान्तिको

दुर्गा पौड्याल
तिनपा ३ रुपन्देही

आज साउने सङ्क्रान्ति । हरेक बर्ष साउन १ गतेलाई साउने सङ्क्रान्ति भनेर मनाईन्छ । साउने सङ्क्रान्तिको कुरागर्दा मलाई सानोमा पहाडतिर मनाउँदै गरेको साउने सङ्क्रान्तिको याद आउँछ। पहाडतिरका गाउँघरमा बिहानै देखि साउने सङ्क्रान्तिको दिन चहलपहल शुरुहुन्थ्यो । लुते कटेरी बनाउने ,त्यसमा केराको पात वा कर्कलो पात बिछ्याएर माटो भर्ने र त्यसमा नौथरि गेडागुडी अन्न छर्नै , भलायोको पात. कुकुरडाइनु कुरिलोको बुटो जंगलबाट खोजेरल्याई भलायोको पातमा बेरेर घरको मूल दलिनमा घुसार्नु, लुतेझार तिउरी पिसेर राख्नु र साँझ परेपछि आँगनको डिलमा बनेको लुते कटेरीमा पूजा गर्नु ,कसैको नाम पुकारेर फलाना मेरो लुतो लैजा भनेर घरका सबैले पालैसंग बलेको आगोको अगुल्टोलाई परै पुग्नेगरी फाल्नु यो सबै काम गरिन्थ्यो । साँझमा खाना खाएर सुत्ने बेलामा दिउँसो पिसेरराखेको तिउरी लगाउने र कर्कलोको पातले हात बेरेर बाँधेर सुत्ने र बिहान हात खोलेर हेर्दा हात राता हुन्थे । यसोगर्दा हामी केटाकेटीहरू निकै रमाउँथ्यो । साउने सङ्क्रान्तिको दिन साँझ खीर पनि खाईन्थ्यो। तराईमा भने मेहेदी पिसेर हातखुट्टामा लगाउँछन् । यसो गर्नुको कारण वर्षायाममा खेतिपाती गर्दा हिलोमा धान रोप्दा हिलोले शरीरमा लुतो नलागोस् भनेर त्यसो गरिन्छ भनेर बूढापाका भन्नेगर्थे।
वास्तवमा लुतो फाल्ने चलन शुरु हुनुको पछाडीको मुख्य कारण ( तराईमा होस् वा पहाडमा )भनेको असारे रोपाइमा खेत बारीमा हिलो धुलोमा खेलेपछि छालामा लाग्ने रोग लुतो नलागोस् घाउखटिरा नहोस् भनेरै हो । तराईमा लुतो नफालेपनि हिलोमा महिनौ खनजोत गर्दा र रोपाइँ गर्दा हात खुट्टा चिलाउने खटिरा आउने गर्ने हुनाले आगो बालेर बिभिन्न जातका हरियो झारपात आगोमा हालेर धुवाँमा हातखुट्टा सेक्नेछ चलन थियो अझै केही कतै छ। त्यसोगर्दा हात खुट्टाका घाउ खटिरा अलिक सन्चो पनि हुन्थ्यो। तर आजकल औषधी पाइने र उपचार गर्न पाइने हुँदा धुवाँमा हातखुट्टा सेक्ने र लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ। अर्को कुरा साउनमा खीर खाने चलनबारे। दुधमा पकाएको खीर शक्तिबाट हुन्छ नै । खेतमा कामगर्दा थाकेको शरीरलाई शक्ति दिने हुनाले र साउनमा अक्सर गाई भैँसी ब्याउने हुनाले होला साउनमा खीर खाने चलन चलेको पनि । खान त खीर मानिसहरूले जहिले पनि खान्छन् खान मनलागेमा। आजकलको पुस्तालाई खीर भन्दा ,चाउचाउका परिकार,मासुका परिकार पिजा बर्गर खान मनपराउँछन्।साउने सङ्क्रान्ति मनाउनेछ कुरा अब नयाँ पुस्ताले थाहा नपाउन पनि सक्छ।साउने सङ्क्रान्तिको सबैमा शुभकामना।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

8 hours ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

8 hours ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

9 hours ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago