Categories: कविता

“यिनै हाम्रा हात हुन”

हरिप्रसाद गौतम
स्वयम्भू

सिर्जनाका बिउ रोप्ने यिनै हाम्रा हात हुन्
काट्ने, छाँट्ने हुर्काउने यिनै हाम्रा हात हुन्
नौला नौला रुप तिनका पार्ने यिनै हात हुन्
थोरे थोरै गर्दै धेरै पार्ने यिनै हात हुन् ।

कलम बोकी अक्षर लेख्ने यिनै हाम्रा हात हुन्
लेख्दै मेट्दै गर्दै सिक्ने यिनै हाम्रा हात हुन् ।
पुस्तक खोल्ने ज्ञान भर्ने यिनै हाम्रा हात हुन्
संसारभरि ज्ञानको ज्योति छर्ने यिनै हात हुन् ।

समाई समाई साथीसँगी जोड्ने यिनै हात हुन्
रमाई रमाई खेल खेल्ने यिनै हाम्रा हात हुन् ।
चोट लाग्दा मह्लम दल्ने आँसु पुछ्ने हात हुन्
लड्न खोज्दा सम्हालेर थाम्ने यिनै हात हुन् ।

सानालाई माया गर्ने मुसार्ने यी हात हुन्
ठुलालाई नमन गर्दै संस्कार सिक्ने हात हुन् ।
गरिब दु:खी असहायको सेवा गर्ने हात हुन्
आपत् विपद् पर्दा सबलाई साथ दिने हात हुन् ।

जिन्दगीको भाग्यरेखा कोर्ने यिनै हात हुन्
पाइला टेक्दै हिँड्ने बाटो खन्ने यिनै हात हुन् ।
शिखर चुम्दै गन्तव्यमा झण्डा गाड्ने हात हुन्
पौरख गर्दै कीर्ति राख्ने यिनै हाम्रा हात हुन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago