Categories: कविता

“युवाशक्ति”


शोभा कोइराला

युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा
न होऊ है युवा हाम्रा अरूका देशका प्यारा
तिमीले देश छाडेमा धराको नाम मेटिन्छ
युवाको शक्तिले मात्रै धराको रूप फेरिन्छ।

जुटाऊ पाखुरा तिम्रा स्वदेशी भूमिका लागि
नजाऊ दूर नेपाली युवा हे श्वासका माली
उज्याल्ने हो धरा आफ्नै त्यसैले क्रान्ति चाहिन्छ
युवाको शक्तिले मात्रै धराको रूप फेरिन्छ।

पढी लेखी धरालाई उठाऊ ज्ञान झाँगिन्छ
नयाँ ऊर्जा लिई हिँड्दा बिहानी घाम झुल्किन्छ
गरे सङ्घर्षले केही धरा यो खास देखिन्छ
युवाको शक्तिले मात्रै धराको रूप फेरिन्छ।

प्रभाको घामका भाँती युवामा तेज देखिन्छ
युवाको कर्मले मात्रै सुनौलो नाम लेखिन्छ
त्यसैले देशलाई झन् युवाको साथ चाहिन्छ
युवाको शक्तिले मात्रै धराको रूप फेरिन्छ।

युवा हे चेतना छर्दै नजाऊ दूर जागेर
बचाऊ राष्ट्रलाई झन् विदेशी मार्ग त्यागेर
बनाएमा युवाले नै धरा यो स्वर्ग भैदिन्छ
युवाको शक्तिले मात्रै धराको रूप फेरिन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

51 minutes ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago