Categories: बाल कथा

रक्षाबन्धन


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे ,ईलाम

“यस पल्ट पनि हात खाली भयाे ” जीवनाथ दाइले नाडी हेर्दै भने “याे चाडवाड त नआए पनि हुन्थ्यो जस्तो लाग्छ कहिलेकाही ।” “तपाईंकाे पाे आएनन् त अरुकाे त आए नि ।” भाउजुले भनिन् “आफू रमाउन पाइएन भनेर पर्वै नआओस त भन्नु भएन नि ।” “पाेहाेर परार त विदेश थिए मन बुझेकै थियाे याे साल त देशमै छन् ,घरैमा छन् । अरुबेला नभ्याए पनि पर्वमा त सम्झनु नि” दाइले भने ।
“पुराेहित बाेलाएकाे भए पनि त हुन्थ्यो नि । उनी समयमै आउथे । रक्षावन्धन बाँधेर जान्थे ।”भाउजुले भनिन् “हातै खाली हुने थिएन नि । दिदी बहिनी आउछन् भनेर हिजाे सम्म वास्तै गर्नु भएन ।”
“उनीहरु आए ,भान्जा भान्जी पनि छन् । ज्वाइँ पनि यतै । पर्व हाे दाजुहरु पर्खन्छन् भन्ने साेच्नु पर्दैन तिनीहरूले ।” दाइले भने । “पर्ने हाे नि पर्न त । बहिनीहरुकाे पनि त गुनासाे छ हाेला नि त । त्यत्राे दाइ भाइहरुकाे अंशबन्ड भयाे । शहर छेउकाे त्यतिधेरै जमीन एक एक घरेडी सम्म छुट्याएनन् भन्ने ।” भाउजुले भनिन् ” सम्झना त दाेहाेराे हुनु पर्ने हाेईन र ? एकै बाबुका सन्तान हुन क्यारे !”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 day ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 day ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 day ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

2 days ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 days ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 days ago