Categories: कविता

“रमाइलो फूलबारी”


डा छायादत्त न्यौपाने

खै त आमा कुटाे मेरो?
बारीतिर जान्छु
दादा आउनु साथी मलाई
खनी खाेस्री गर्छु।

खै त बाबा मलाई बिउ?
बिरुवा उमार्छु
धान मकै गहुताेरी
सिमी आलु लाउँछु।

दिदी आउनु साथी मलाई
गाेडी मेली गर्छु
मिलिजुली खेतीबाली
तरकारी फलाउँछु।

बाबाआमा दाइदिदी
आफैँ अघि सरौँ
फूलबारी रमाइलो
सबै सँगै खेलौँ।

खाेइ मेरा किताबहरू?
झट्ट खाेजिदिनुस्
प्रविधि र सूचनाहरू
सबै बुझाइदिनुस्।

आफ्नो लागि उत्पादन
हामी आफैँ गरौँ
माटासँग खेलिकुदी
माटामै रमाऔँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

8 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

9 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

9 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago