Categories: बाल कथा

रिचार्ज


माहेश्वरी भट्ट
कञ्चनपुर

“आमा, पाँच सय रुपैयाँ तुरुन्तै पठाइदिनु न !”
कलेजको क्यान्टिनमा साथीहरूसँग बसेर मोबाइल चलाइरहेको रोहनले फोनमा भन्यो।
“किन बाबु ? अस्ति त हजार पठाएकी थिएँ नि !”
“प्रोजेक्टको लागि हो। आजै बुझाउनुपर्छ।”
“ल, म मिलाउँछु।”
फोन काट्नेबित्तिकै रोहन साथीहरूसँग हाँस्यो।
“फेरि आमालाई झुक्याइस् ?” एक साथीले सोध्यो।
“नत्र पैसा कहाँबाट आउँछ र !” उसले बेफिक्रीसँग उत्तर दियो।
केहीबेरपछि आमाको फोन आयो।
“बाबु, पैसा पठाइदिएँ।”
हुन्छ।”
उता आमाको स्वर थाकेको थियो।
“आज अलिकति गाह्रो भयो। तैपनि तिम्रो काम नरोकिने भयो।”
यति भनेर उनले फोन राखिन्।
रोहनले तुरुन्तै मोबाइलमा रिचार्ज गर्यो।
स्क्रिनमा चम्कियो— ‘रिचार्ज सफल।’
त्यसैबेला अर्को फोन आयो। रोहन बाबु? म अस्पतालबाट बोल्दै छु। तपाईँकी आमा काम गर्ने क्रममा बेहोस हुनुभएको थियो। होस खुलेपछि उहाँले बारम्बार एउटै कुरा सोधिरहनुभएको छ— ‘मेरो छोराको काम त रोकिएन नि?’
रोहन निःशब्द भयो।
उसको हातबाट मोबाइल खस्यो। भुइँमा पल्टिएको स्क्रिनमा अझै उही शब्द झिलिमिली गरिरहेका थिए—’रिचार्ज सफल।’
रोहनले पहिलोपटक महशुस गर्यो— आमाले उसको मोबाइलमा पैसा हालिरहेकी थिइनन्, आफ्नो जीवनको उज्यालो रिचार्ज गरिरहेकी रहिछिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

9 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

9 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

9 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

10 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago