सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“नानि तँलाई कति पटक भन्नुपर्छ पुरूषहरूको बिचमा नबोल भनेर सुन्दैन ?”- धनपतिले सुशीलालाई तानेर एकान्तमा सम्झाउँदै भने।
“तर बाबा उहाँहरूले गल्ति गर्दै हुनुहुन्थ्यो।”- सुशीलाले जानकारी गराउँदै भनी।
“तँ सानी छस् छोरी तँलाई भन्दा उनीहरूलाई बढी जानकारी हुनसक्छ । फेरी उनीहरू पुरूष हुन तँ एउटी केटी भएर उनीहरूको माझमा यसरी बोल्नु हुँदैनथ्यो।”- बाबा कसैले गल्ति गर्यो भने टुलुटुलु हेरिरहनु पनि त हुँदैन नि ! आफूलाई जानकारी भएको कुरा बोल्नु पर्छ।” सुशीला आफ्नै भनाइमा अडिइ।
“भो तँलाई सम्झाउन सकिन मैले आफू भन्दा ठूला बडाको मुखमुखै लाग्छेस् ? जब तँलाई मैले भने जसले गल्ति गर्छ उसैलाई सजाए मिल्छ ।”-धनपतिले उसलाई हकार्दै भने।
“उनीहरूलाई मात्र मिल्दैन बाबा कुनै गल्तिको सजाए अरूलाई पनि मिल्नसक्छ।”- सुशीला आफ्नै जिदमा अडिइ।
“हजुर बाउछोरी यतै कराएर बस्नु उता गाईको गोठमा आगो लागिसकेको थाहाछैन्।”- जम्कली चिच्याउँदै दौडी।” देख्नुभयो बाबा मैले के भनेकी थिएँ नि ? अहिले बारीमा आगो नलगाउँ बतास चलेको छ भनेकी थिँए नि ?” सुशीलाले धनपति तिर हेर्दै भनी।
“धन्न गाई बाच्छा बन गएका थिए नत्र आज खरानी हुन्थे जलेर सबै।”- जम्कलीले उनीहरूतिर धारे हात लगाउँदै भनी।
“अब उनीहरूलाई धारे हात लगाएर के हुन्छ र बुढी म आफैँले गल्ति गरेँ। सुशीला छोरीको विरोधलाई विद्रोह सम्झेर हकार्न थालेँ। त्यही बेला उनीहरूले गहुँको ठुटीमा आगो लगाइदिए।”- धनपतिले पछुताउँदै भने।
“महिलाको सही कुरा पनि नसुन्दाको परिणाम हो यो।”- धनपति तिर हेर्दै जम्कलीले सुस्तरी भनी।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…