Categories: बाल कथा

व्यस्तता


कल्पना मरासिनी
भूमिकास्थान ९ अर्घाखाँची
हाल ललितपुर

“कसैलाई नबाँडी राम्रोसँग खानु नी” चाउचाउको प्याकेट छोराको झोलाभित्र घुसार्दै रमा बोलिन्। “हुन्छ आमा” भन्दै छोरा स्कुल बसमा चढ्यो । त्यसपछि रमा हतार हतार घर फर्किन् र सोफामा अडेस लागेर टिकटक, फेसबुक र युट्युब हेर्न थालिन्। हेर्दा हेर्दै १२ बजिसकेछ। उता भान्छामा खानामाथि झिङ्गा भन्किरहेका थिए। उनलाई खान मन लागेन र बट्टाबाट दालमोठ र चिउरा निकालेर पेट भरिन्।
साँझ छोरा स्कुलबाट फर्कियो। “आमा भोक लाग्यो , के खाजा पकाउनु भएको छ ?” यो सुन्नासाथ उनी रिसाउँदै बोलिन् , “आफूलाई दिनभरि फुर्सद भए पो त पकाउनु। जाऊ ,पसलबाट चाउचाउ र बिस्कुट किनेर ल्याएर खाऊ ।” छोराको हातमा पैसा थमाउँदै उनी बोलिन्। छोरा पसलतिर लाग्यो । ऊ फर्केर आउँदा आमा अझै व्यस्त देखिन्थिन्, उही मोबाइल फोनमा।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

7 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

7 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

7 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago