Categories: बाल कथा

व्रतबन्ध

डा. छायादत्त न्यौपाने

भाेलि रस्मिनकाे व्रतबन्ध छ । पाहुनापाछा आउने क्रम छ। पूर्वाङ्ग आदि पूजाआजा चल्दै छ। भाेजभतेरकाे तयारी उस्तै ।
रस्मिनले बाबासँग भने-व्रतबन्ध भनेको के हाे बाबा ? ल, तिमी याे के भन्दै छौ ? याे त हाम्राे संस्कार हाे । यसले हामीलाई संस्कार सिकाउँछ संस्कारी बनाउँछ । याे सामाजिक मान-मर्यादाको कुरा पनि हाे ।
यो, सामाजिक चलन, संस्कार संस्कृति हाे भने यसलाई यति भड्किलो किन बनाउने ? सामान्य तरिकाले कम खर्चमा सम्पन्न गरे हुन्न ?
के भनेको तिमीले ? हामीले हाम्रोपन देखाउने, हामी कति खर्च गर्न सक्छौँ भनेर क्षमता देखाउने मौका पनि हाे नि !
ह्या !! तपाईँ पनि ! सामाजिक चलन भनेको त समाजका सबै परिवारले सहजै गर्न सक्ने रीतिथितिकाे कुरा हाे । कम आमदानी भएको परिवारले पनि रिन नखाेजी गर्न सकून् । यसरी धनी छु भनेर फुर्ती देखाउँदा छरछिमेकी आफन्त जनलाई गाह्रो पर्छ । यसरी बड्क्याइँ देखाउनु राम्रो हाेइन बाबा ! असल मान्छे यस्तो गर्नु राम्रो हुन्न ।
हँ , तिमी के भन्दै छौ रस्मिन ? बाबालाई उपदेश दिने ? भन्दै आमा जङ्गिनुभाे ।
य, तपाईँ पनि उस्तै ? व्रतबन्ध हाम्रो एउटा संस्कार हाे , जीवनमा पहिलादेखि चलिआएकाे व्यावहारिक विधि सामाजिक काइदा हाे । याे धनकाे घमन्ड देखाउने गलत चिन्तन पटक्कै हाेइन । याे त जनै लाएर नीति नियम संस्कारमा बस्नका लागि गरिने पद्धति हाे ।
हाे, तिमीले भनेको ठिक हाे तर राम्रोसँग गर्ने, इस्टमित्रहरू धेरै बाेलाउने खानपान रमाइलो गर्ने अवसर पनि हाे ।
हाे, अवसर हाे तर कुनै पनि अवसर हामीले उपयोग गर्दा भाेलि अरुलाई महङ्गो पर्ने । संस्कार संस्कृति धान्न मुस्किल पर्ने तडकभडक देखाउनु राम्रो हाेइन । आज यति खर्च गरेर देखावा गर्याे भाेलिदेखि निर्वाह गर्नुपर्ने विधिमा ध्यान दिनु छैन ? संस्कार विधिसम्मत नियमित हुनु ठिक हाे । नकि म के के न हुँ भनेर देखावा ?
आज देखायो भाेलिदेखि उही ड्याङकाे मुला, खानपान,दैनिक कर्मविधिमा नियमसङ्गत इमानदार हुनु पर्दैन ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

23 minutes ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

45 minutes ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 hour ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

1 day ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago