Categories: बाल कथा

शान्तिको खोजी


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा एउटा कुरा भनौँ ? “- सिद्धार्थले आफ्नो बाबासँग अनुमती मागे।
“भन राजकुमार के चाहान्छौ ?”-राजा शुद्धधनले सिद्धार्थ तिर करूणायुक्त दृष्टि घुमाउँदै सोधे।
“मलाई सत्यको खोजी गर्नु छ बाबा ! म सत्य खोज्ने यात्रामा जाने अनुमती चाहान्छु।”-सिद्धार्थले आफ्नो इच्क्षा बताए।
“तिमीलाई थाहा छ तिमी र यशोधराको एउटा सन्तान् राहुल पनि छ। तिम्रो काँधमा उनीरूको जिम्मापनि त छ। तिमी राजकुमार हौ तिम्रो जिम्मा राजपाठ पनि छ। यति छिट्टै यस्तो पाइला चाल्नु ठिक होइन छोरा !”-शुद्धोधनले आफ्नो छोरालाई सम्झाउँने प्रयात्न गरे।
“बाबा म हजुर र यो परिवार र कपिलबस्तुलाई छाडेर जानैसक्दिन । मात्र केही दिनका लागि म शान्तिको खोजी गर्न जान्छु। म भित्र अशान्तिको ज्वाला दन्किएको छ। जसले मलाई केहीपनि गर्न दिनेछैन्। बाबा म आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छैन। बरू मलाई असह्य पीढा बोध भैरहेको छ यसबाट हजुर आफैले पनि मलाई मुक्त गर्न सक्नुहुन्छ।”-सिद्धार्थले आफ्नो बाबा राजा शुद्धोधनसँग अनुनय गरे।
राजाको मुहारमा आन्तरिक पीढा झल्कियो।
“तिम्रो आमा मायाँ देवी र हामीले तिम्रो जन्मसँगै थुप्रै सपनाहरू बुनेका थियौँ। के तिमीलाई थाहा छ ?”- शुद्धोधनले अंध्यारो मुहार बनाउँदै सिद्धार्थ तिर घुमाउँदै भने।
“थाहा छ सबैले आफ्ना सन्ततिबाट केही न केही उमिद राखेकै हुन्छन् म हजुरको मन दुखाउँने छैन। म आफ्नै भित्रको पिढालाई तृप्त पार्ने महान यात्रामा जाँदै छु ,आज्ञा दिनोहोस्।”-सिद्धार्थको कुराले उनी भावुक हुँदै उठेर भित्र तिर लागे।” राजकुमारलाई कुनैपनि वेला तिम्रो र घोडाको आवस्याकता पर्न सक्छ, तिमी तैयार भएर बस्नु ।”- सारथि चेन्नालाई बोलाएर यशोधराले आदेश दिइन्।
“हस् जो आज्ञा”-उसले आज्ञालाई सिरोपरी गर्यो।
“सबै आआफ्नै विश्राममा थिए। यता सिद्धार्थ शान्तिको खोजिमा आजै घर त्यागरे हिँडे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

15 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

15 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago