Categories: बाल कथा

शिक्षा


राजन् कार्की पाजु
धरान सुनसरी

सरला पति लाई चिया थमाउँदै भन्दै थिईन्” लहै, आज छोरोलाई जसरी भएनी बोर्डिङमा एडमिसन गर्न जानु, छिमेकी सबैले बोर्डिङ मै लगाई सके! हाम्रो मात्र एक्लै लुरुलुरु सरकारी स्कुल जान्छ !”
यो सरलाको दिनहुँ जसोको वखान थियो श्रीमान् सँग!
सरोजले हातमा चिया थाम्दै गम्न‌ लाग्यो-” मासिक फि, स्टेसनरी फि,टिफिन ,ऋतु पिच्छेको युनिफर्म र बच्चाको वजन भन्दा डेढा किताबको भारी, अनि, आफ्नो मासिक कमाइ ,खाना खर्च घर भाडा!! उसको आंँग ढक्क फुल्यो। “हैन के,सोच्न थालेको” सरलाको यो वाक्यले सरोज झसँग हुँदै सम्झाउने लबजमा बोल्यो,”हेर सरला, बोर्डिङको खर्च र हाम्रो कमाईको तुलना गरेकी छौ ! सरकारी होस या बोर्डिङ, आखिर त्यहाँ पनि २ मा २ जोड्दा ४ हुन्छ र सरकारी स्कुलमा पनि ४ नै हुन्छ !”
सरलाले पतिको सुझाव ठाडै अस्वीकार गर्दै कर्किईन्- “हेर्नुस् , साथीहरुसँग मेरो पनि ईज्जत छ। सम्झनुस् त,तपाईँको र रबिको पद उही, तलव उति नै, उसले सक्ने‌ हाम्ले किन‌ नसकने ? बरु एकछाक खाऔँला तर छोरो बोर्डिङ नै पढाउने ! नत्र सहर वसेको के ईज्जत् !”
सरोजले भरखरैको सरकारी स्कुल र बोर्डिङ्गको रिजल्ट नतिजा सम्झ्यो र पत्नीको आदेश शिरोपर गरि छोरोलाई तान्दै बोर्डिङ तिर लाग्यो।
प्रिन्सिपललाई भेटेर भर्ना सबन्धमा जिज्ञासा राख्यो, प्रिन्सिपल भन्दै थिए-” सुन्नुस सरोज जी, मासिक फि-१३,०००/- भर्ना फि,१८,०००/ -जाँच फि प्रति सेमेस्टर रु ३०००/-यस को अलावा पोसाक स्टेसनरी व्याग लगायत सबै सामान तपाईँले यहाँ बाटै खरिद गर्नु पर्छ ।”
उसले अन्कनाउँदै जिज्ञसा पोख्यो, त्यति लगानी गरेसी त पढाई पनि राम्रै होलानी हैन सर ?
प्रिन्सिपलले रेडिमेड जवाफ दिए- “त्यसको लागि तपाईँहरुले टिउसन लगाउनु पर्छ !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

22 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

22 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago