Categories: बाल कथा

“शिक्षा”

सरला शर्मा
चितवन

अति गर्मी.! छटपटी छ.! घरभित्र बसिसाध्य छैन , बाहिर जाऊँ टन्टलापुर घाम.!
ताजा हावा त पाइन्छ भनेर बाहिर पिँढी (बरण्डा अचेल)मा कुर्सी तानेर बसेँ। सबै आ-आफ्नै काममा.! एक्लै भ‌एपछि मनमा कुराका ताँती.! एक सेकेण्डमा ब्रम्हाण्ड बेर्न सक्ने यो मन भन्ने कस्तो भाव हाल्दिएका होलान् परमात्माले.!आँखा घुम्दै जाँदा एकठाउँमा टक्क अडिए। गेटनेर अलिकति पक्का चर्किएको,त्यहाँ झार उम्रिएको, अनि त्यसको नजिकै अर्को चरमा पिपल हुर्किरहेको.!
यस्तो चर्को घाम खपेर पनि न‌ओइलाएर झरीलो देखिएका दुई बनस्पति देखेर दंग परेँ। हुरीबतास, चर्को घाम,मान्छे ओहोरदोहोर गर्दा कैयौँपटक थिचिमिची भ‌एर पनि अस्तित्व जोगाउन सफल यी दुई बिरुवा देखेर मनमा छुट्टै भाव पलायो।
फूल.! संसारमा फूल मन नपराउने मानिस सायदै होलान्। मैले पनि केही गमलामा फूल रोपेकी छु। मल, जल,मेहनत, मायाँ सबै दिएको छु। बिस्तारै हुर्कँदै छन्,केही फुल्दैछन् पनि। तर अचम्म के हो भने कुनै दिन पानी हाल्न बिर्सिएँ भने बेलुका त लल्याकलुलुक.! ती दुई खालका बिरुवाको तुलना गरेँ। स्याहार नपाएका बिरुवा र स्याहार पाएका बिरुवाहरुका बारेमा सोचेँ। आखिर बलवान त संकल्प पो रहेछ। एउटा जसरी पनि अस्तित्व कायम राख्ने, अर्को चाहिँ परनिर्भरतामा बाँच्ने।
यसो सोचेँ छोराछोरीमा पनि त यो नियम लागू हुन्छ। अत्यधिक मायाँ (मायाँ त गर्नुपर्छ,भित्री मायाँ) ले सन्तान बिग्रन्छ। हामी उनीहरुका माग तुरुन्तै पुरा गरिदिन्छौँ, उनीहरुको माग बढ्न थाल्छ। आवश्यक कुरा पनि तुरुन्तै नदिने हो भने उनीहरुमा विकल्पको खोजी गर्ने क्षमता बढ्छ। भोक,तिर्खा,अभावको अनुभूति उनीहरुमा दिलाउन सकिएन र जे माग्यो त्यहि पुरा गर्दै गयौँ भने हाम्रो शेषपछि सन्तानले दु:ख पाउँछन्। अहिलेको नक्कली दु:खले नै उनीहरुमा आत्मनिर्भर हुने आत्मबलको विकास हुन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

14 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

14 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago