गणेश आत्रेय
मदनपोखरा,पाल्पा
देवकी वासुदेवैको
जेलको जिन्दगी कस्तो ।
ती विहेका दिनैदेखि
के गरी बित्दथ्यो जस्तो॥
दाजु राजा थियो बैनी
ज्वाइँ ती जेलमा बन्दी।
जन्मिएका सबै अर्पी
मारिन्थे पुत्र वा पुत्री॥
भाद्रको अष्टमी कृष्ण
वर्षँदो भेल त्यो तीक्ष्ण।
उर्लिँदै बग्दथे खोला
जन्मियौ जेलमा कृष्ण॥
अन्धसाम्राज्यका बीच
जेलका नेलका बीच।
बाबु आमा हँसाएर
जन्मियौ के गरी कृष्ण॥
जन्मिदै मारिने कोख
बाबु आमाकनै तोष।
भर्न आयौ तिमी कृष्ण
कालको काखमा लड्न॥
के गरी तोडियो जेल
तारियो के गरी भेल।
नन्दका बागमा फुल्न
के गरी पो पुग्यौ कृष्ण॥
पूतना आउँथी कैले
भेष आमा लिई कस्न।
कंसका दूत ती आए
रूप धेरै लिई डस्न॥
चारतर्फी महामृत्यु
घेर्दथ्यो जिन्दगी किन्तु।
ज्यान आधार हो बाँच्नु
आस संघर्षको विन्दु॥
शान्तिका दूत भै’ हिड्थ्यौ
युद्ध रोक्नै सघाउँथ्यौ।
सत्यको पक्षमा मात्र
जिन्दगी अर्पियौ गात्र॥
पौरखी उद्यमी बन्दै
क्रान्तिमा होमियौ सधै।
दुष्टको नाश पारेर
चम्कियौ देवता जस्तै॥
वसन्त अनुभव वसन्तविहार, घोराही दाङ चुलो हाम्रो खाली, रुँदै बस्यो भाँडो। भान्साभित्र आज, पस्यो फेरि…
सुमन कडरिया चितवन एउटा बिहान आमाले छोरीको अनुहारमा असजिलो भाव देखिन्। “के भयो नानी ?”…
शोभा कोइराला गर्मी जाऊ अब त अति भो मेघमाला खुलाई खोलानाला जमिन हरिया ग्रीष्मले छ्न्…