Categories: बाल कथा

संस्कार


सुनिता निरौला पौडेल
राधे राधे’ भक्तपुर

“मुना , तिमी नेपाली महिलाहरू किन सधैं परिवार, संस्कार र समाजलाई यति धेरै प्राथमिकता दिन्छौ ? तर हामी पश्चिमी समाजमा बस्नेहरूले त आफ्नो स्वतन्त्रतालाई पहिलो स्थानमा राख्छौँ ” विदेशी महिलाले आफ्नो जिज्ञासा तेर्स्याइन् । नेपाल भ्रमणमा आएकी एक विदेशी महिलाले भक्तपुर दरबार दृश्य अवलोकन गरेपछि एक मन्दिर नजिकै पेटीमा बसेर एउटा नेपाली महिला पथप्रदर्शकसँग कुराकानी गर्दै थिइन् । ती विदेशी महिलाले नेपाली भाषा सामान्य रुपमा बोल्न र बुझ्न सक्ने थिइन्।
मुनाले ती विदेशी महिलाले राखेको जिज्ञासाको उत्तर दिइन् -“हेर !डेजी, हामी नेपालीले आफ्नो परिवारलाई सँगै राख्न आफ्नो संस्कृति जोगाउन अनि माया र दायित्वलाई सँगै बुन्दै अघि बढ्न सिकेका छौंँ । हाम्रो शक्ति, हाम्रा जरा हुन् , जसले हामीलाई आत्मसम्मान र गर्व दिन्छ।” त्यतिकैमा उनीहरू नजिकै एकजना बृध्दा आमा बस्नुभएको थियो। गर्मीको कारणले होला उहाँलाई रिंगटा लागे जस्तो भयो र पानी माग्नुभयो।
मुनाले तुरुन्तै आमालाई पानी दिइन्। बृद्धा आमा खुसी भएर मुनाको कपाल मुसार्दै भन्नुभयो -“छोरी तिमीहरू जस्ताले नै हाम्रो संस्कृति जीवित राखेका छौ ” डेजीको मन तरङ्ग झैँ गुन्जियो -“हामी विदेशी समाजमा स्वतन्त्र छौँ तर त्यो स्वतन्त्रता भित्र आत्मियता र मायाको अभाव छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

18 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

18 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

19 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago