Categories: बाल कथा

संस्कार


शान्ता तिम्सिना
भक्तपुर

“साली नानी! खै, जुत्ता लेऊ त !” बेहुलाले केही पैशा दिँदै भने।
“ओहो ! डलर कमाउने भिनाजुलाई यति जाबो दिन लाज भएन ?” सालीले खिल्ली उडाउँदै भनी।
“अब फेरि यी सालीहरुले कति माग गर्नेहुन् ।” सोच्दा सोच्दै उनी रातोपिरो देखिए।
“डलर कमाउने भिनाजु भएको के काम ? मलाई त एकाउन्न हजार चाहिन्छ ,नत्र जुत्ता दिन्न नि !”; सालीले हातमा जुत्ता देखाउँदै भनी।
“हेर हेर, कस्तो बिकृति फैलिएको ! जाबो जुत्ता लुकाएको एकाउन्न हजार रे ! बरु अर्को जुत्ता किनेर लाउनु पर्छ अब।”  जन्तीको साइडबाट आवाज आउँदै थियो।
“त्यो त उनीहरुको अधिकारै हो ! दिनु त पर्छ नि !” माइती पक्षले सालीहरुकै समर्थन गर्दै बोले ।” त्यत्रो धेरै नभन है ! मिल्ने कुरा गर्नु पर्छ । अब केही थपिदिन्छु ।” उनले केही पैसा थप्दै भने।
“यतिले त हुँदै हुन्न । अन्तिम भनेको चालीस हजार दिनु ।” सालीले आफ्नो निर्णय सुनाई।
केटा पक्षका रिसाउने र केटी पक्षका उक्साउने कुराले एक्छिन माहोल चर्काचर्की बन्यो।
“ल! अन्तिम कति दिनुहुन्छ त ? ” सालीले भिडमा अघि बढ्दै भनी।
बेहुलाले एक्काईस हजार दिँदै भन्यो, “मेरो जुत्ताको दाम नै यति हो , यहाँ भन्दा चैँ दिन सक्दिन ।” उसले पैसा समाएर भिनाजुलाई जुत्ता फिर्ता दिइ।
“ल! भिनाजु दिदीलाई सधैँ खुसी राख्नु , कहिल्यै नरुवाउनु होला , हामीले मात्र रमाइलोको लागि यो गरेको हो है।”
आफूले पाएको पैसामा दिदी र भिनाजुलाई आधा आधा दिँदै उनीहरुले एक हजार मात्र राखे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago