Categories: बाल कथा

संस्कार


राजन कार्की पाजु
धरान सुनसरी

पानी लिन जाँदा पँधेरामा रमा र विद्याको संयोगवस भेट भो ! बसेर एक छिन सुख दुख‌ ऐश ऐश्वर्य का गफ हुन थाले!
गाउँ घरमा बसेर गफ गर्ने फुर्सद नहुने ! पँधेरामा भेट हुँदा गफिने यो एकमात्र अवसर थ्यो गाउँका महिलाहरूका लागि।
यतिकैमा फुलमति पनि आइपुगी, “ओहो !दिदीहरु पनि आउनुभएको रैछ, कतिखेर आउनु भो ?” गाग्री भैमा राख्दै फुल मतिले भनिन। “भर्खरै आएका हौँ!” आफ्नो भरिएको गाग्रो झिक्दै रमाले भनिन्।
“के छ नी तिम्रो हाल चाल ?” विद्याले आफ्नो गाग्री थाप्दै फुलमति तिर इंगित गरिन्; “राम्रै छ दिदी !” गाग्री मस्काउँदै फुलमति बोलिन्।
यतिकैमा “हेलो मम् !” भन्दै विवेक आयो ! “ए बावु कहाँ हिडेको ?” रमाले भनिन्। “म फ्रेण्डस् सँग गेम खेल्न हिँडेको!”भन्दै विवेक गयो। “सहराँ बोर्डिङमा पढ्छ ! हिजो मात्र आएको।” विद्या र फुलमति तिर फर्केर रमाले गर्विलो हुँदै भनिन्। यस्तैमा “मम्मी! म फ्रेण्ड्ससँग घुम्न हिँडेको है!” भन्दै विवेक हिँड्यो।
“चाडै आउनु है बावु घर !” विद्याले भनिन्। “ओके मम!” भन्दै गयो। “मेरो बावुलाई ; सहराँ वोडर्स गरिदेको छु।” विद्याले ओजिलो हुँदै भनिन् । “लौ अब जाउँ होला !” फुलमतिले आफ्नो भरिएको गाग्री झिक्दै भनिन। यतिकैमा रमेश आइपुगो र गाग्री आफ्नो काँधमा राख्दै फुलमति तिर फर्किदै भन्यो “हिड्नुस आमा घर जौँ!”
फुलमतिले भनिन्-“मेरो छोरो उ; गाउँकै स्कुलमा पढ्छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

नयाँ वर्ष २०८३

सुयोग ढकाल हाम्रो पात्रो नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ…

21 hours ago

बाँदरको शिक्षा

प्राशन्न धेरै पहिलाको कुरा हो एउटा कुशलपुर नाम गरेको शहर थियो। शहर एकदमै रमाइलो थियो…

22 hours ago

महान् चातुर्य

नन्दलाल आचार्य गोलबजार, सिरहा ​"हेर्नुस् मास्टरजी, यो ढुङ्गाले कसरी सुन ओकलिरहेको छ !" स्कुल जाँदैगर्दा…

5 days ago

“किताब देऊ”

टिकाराम शर्मा पौडेल किताब पाएर पढी रमाएँ । र कल्पनाका सित उड्न पाएँ ।। कथा…

6 days ago

“जीवनको लक्ष्य“

दुर्गा घिमिरे ‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर…

6 days ago

घुम्तीपार

दुर्गा घिमिरे आज एस.एल.सी. नतिजा प्रकाशित भएको दिन थियो। स्कुलको सूचना पाटी अगाडि भीड लागेको…

7 days ago