टिकाराम शर्मा पौडेल
किताब पाएर पढी रमाएँ ।
र कल्पनाका सित उड्न पाएँ ।।
कथा नि पाएँ कविता नि पाएँ ।
र गीत सङ्गीत सचित्र पाएँ ।।
हात्ती र घोडा पनि चढ्न पाएँ ।
समुद्र-प्राणीसित खेल्न पाएँ ।।
हराभरा जङ्गल दौडँदै छु ।
नदी र नालाबिच पौडँदै छु ।।
किताबले दिन्छ चुनेर लिन्छु ।
बसी बसी विश्व फनक्क घुम्छु ।।
म कल्पनाको पुतली बनेर ।
फर्कन्छु आफ्नै गुँड सम्झिएर ।।
आऊन् समस्या अब जुध्न सक्छु ।
मिलीजुली सिर्जन गर्न सक्छु ।।
किताब आमासरि साथमा छ ।
अज्ञान-मैलो अब खै कहाँ छ ??
किताब जस्तो कुन हुन्छ साथी ?
तिमी हुँदा चढ्दछु माथि माथि ।।
त्यसै हुँदा पढ्छु किताब देऊ !
खुसी भई बढ्छु किताब देऊ !!
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…
आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…