सुरेशकुमार पाण्डे
दाङ घोराही

“के गर्दै छौ तिमीहरू हँ ?”- केही बालखहरूलाई चौरको कुनामा बसेको देखेर शेषकान्तले सोधे। “केहिपनि गरेका छैनौँ।” एउटा बालखले उठेर भन्यो। “त्यो केटा को हो ?”- एउटा अञ्जान केटालाई सँगैबसेको देखेर सोधे। “सर ! यो त जुठे हो भैँसी ग्वाला।”- आर्कोले भैँसी तिर इसारा गर्दै भन्यो। “यो त हाम्रो क्लासमा किसन छ नी सर! उनीहरूको घरमा ग्वालाको काम गर्छ।”- पहिलो बालखले जानकारी गरायो। “के लुकाएको छौ देखाउ त ?”- शेषकान्तलाई लाग्यो यसले केही लुकाएको छ। “सर केही पनि होइन।”- जुठेले डराउँदै भन्यो। “तिमी सिग्रेट खान्छौ ? यी सबै बालखहरूलाई खराब गर्दै छौ होइन? देखाउ त त्यो तिम्रो हातमा के छ ?”- शेषकान्तले जुठेलाई हकार्दै भने। ऊ डरायो र उसका आँखाबाट आशु बग्यो। “जुठे तिमी रोएर मैले छाड्दैन त्यो हातमा के छ देखाऊ।”- शेषकान्तले चेतवानी दिँदैभने। शेषकान्त आधारभूत स्कुलका हेड मास्टर हुन। केही दिनबाट त्यो केटासँग विद्यार्थीहरू कुनामा बसेको देखेर सङ्का लागेकाले आज उनीहरूले थाहा नपाउँने गरी हेर्न आएका हुन्। उनलाई सङ्का थियो यी केटाहरूले लुकेर सिग्रेट पिउँछन्। “सर”- उसले मुठ्ठी खोल्यो सानो पेन्सिलको टुक्रा थियो। अनि त्यो पछाडि के लुकाएका छौ ? पछाडिबाट कापी निकालेर देखायो। त्यो कापीमा राम्रो हस्त लिखित थियो। “सर ! मध्यान्तरमा हामीसँग लेख्न सिक्छन् यिनले।”- पहिलो विद्यार्थीले टाउको झुकाएर भन्यो। “पहिले किन भनेनौँ तिमीहरूले मलाई ?”-शेषकान्तले सोधे।  “हजुरले जुठेलाई पढाउँदा गाली गर्नुहुन्छ कि भनेर। दोस्रोले भन्यो। ” धन्यवादा तिमीहरू नेक बालबालिका मध्यका हौ। यस्तो सङ्गतले सबैलाई फाइदा हुन्छ। अहिलेको परीक्षामा जुठेलाई पनि बसाल्छौँ।”- शेषकान्तले उनीहरूको प्रशंसा गर्दै भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

9 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

10 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago