Categories: बाल कथा

“समय”


माहेश्वरी भट्ट
कञ्चनपुर

“बुबा, तपाईँ पुरानो कुरा धेरै गर्नुहुन्छ ! अहिलेको जमाना स्मार्ट बन्ने हो !”
“अनि बाबु, भावनासँगै मूर्ख पनि देखिन्छ कि पुराना मान्छे ?”
छतमा चिसो चिसो हावा चलिरहेको थियो। बुबा कुर्चीमा उभिएको बाँसको लौरो समाउँदै बोलिरहे—जसरी कुनै अन्तिम आग्रह गरिरहेझैँ। छोरा भने मोबाइलको स्क्रिन चियाउँदै ‘इन्भेस्टमेन्ट प्लान’ मा गफिइरहेको थियो।
“हेर न बाबु, त्यो पिँढीमुनि तिम्री आमा बसेर मलाई तातो दूध ल्याइदिन्थिन्।”
“बुबा, अब त्यो घर पनि त बिग्रिँदै छ, हाम्रो सहरको अपार्टमेन्ट धेरै सुविधाजनक हुन्छ!”
“तर त्यहाँ न आँगन हुन्छ, न तुलसी, न त हाम्रो आमा।” छोराले अब कुरा नसुनेझैँ गर्यो।यो।
उसले बुबाको काखको डायरी थिच्यो र भन्यो— “अब यी कुराले जिन्दगी चल्दैन, बुबा। संसार बदलिएको छ !”
“हो बाबु, संसार त बदलिएको हो। तर मानिसहरू बदलिँदा मात्रै संसार बिग्रेको हो।”
छेउको कोठाबाट टीभीको समाचार सुनिन्थ्यो— “तीन दिनदेखि हराएकी किशोरी मृत फेला, बलात्कारपछि हत्या।”
अनि समाचारपछि सुरु हुन्थ्यो नयाँ मोडलको विज्ञापन—”यस पल, बाँच्न सिकौँ !”
बुबाले टाउको हल्लाए—जसरी कुनै समयले लाजले झुकाउँछ।
छोरो फेरि बोल्यो, “बुबा, अब गाउँको त्यो पुरानो घर बेचौँ, एकदम राम्रा ग्राहक आएका छन्।”
बुबा उठे। डायरी बिस्तारै खोले। पातलो अक्षरमा एउटा वाक्य लेखेका थिए— “समय सधैँ दोषी हुँदैन, कहिलेकाहीँ हामी आफैँ समयलाई पतित बनाउँछौँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago