राजन कार्की पाजु
धरान सुनसरी

“लु बा! गाडी आएछ, तयार हुनुस्त!” नरेशले बुढा बालाई आग्रह गर्दै भन्यो।
“बुढेसकालमा मलाई यो के गर्न लागेको नरेश तैँले ?” उनी पिलपिलाए।
“म अफिस जानुपर्छ,बुहारी पनि काममा जान्छिन् अनि तपाईँलाई कसले रुँगेर बस्न भ्याउछ त ?” नरेशले बाउलाई सम्झाउने कोशिस गर्यो।
“यो बुढेसकालमा म एक्लै कहाँ जाऊँ बावु!” उनका आँखा एकाएक द्रविभुत भए।
“तपाईँको स्याहार सुसार गरेर बस्ने हामीसँग समय छैन बा! हामीले सुविधासम्पन्न ठाउँको व्यबस्था गरिदिएका छौँ! बस्नुस गाडीमा, हामी फुर्सद मिलाएर वेलाबखत भेट्न आइरहन्छौँ!” गाडीको ढोका खोल्दै नरेशले भन्यो।
“छोरा नातिसँग बस्ने वेला त्यसो नभन्न बावु!”
नातिको कपाल मुसार्दै उनले छोरा सँग अनुनय गरे।
बावुको लुगाफाटो गाडीमा लागाईदिँदै नरेशले बावुतिर फर्केर भन्यो- “तपाईँहरुको न्यानो काखमा हुर्किने रहर हुँदाहुँदै उवेला तपाईँहरु सँग समय नहुँदा,मैले पनि होस्टलमा एक्लै बाल्यकाल बिताएकै हो बा!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

54 minutes ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 hour ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 hour ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago