समृद्ध नेपालको शपथ


गोबिन्द पौडेल

Gen Z ले अब
पासपोर्ट बनाउन पाउने छैन,
देश छोड्न पाउने छैन,
किनकि यही धरतीलाई
फूलझैँ सजाउने सपना बोकेको छ।

देश विकासका निम्ति
सुत्न पाउने छैन,
उत्पादनका निम्ति
थाक्न पाउने छैन,
ऐश आराममा भुल्न पाउने छैन,
किनकि भविष्य यही मेहनतमा लेखिँदै छ।

सामाजिक मर्यादा उल्लङ्घन गर्न पाउने छैन,
<विकृति–विसङ्गतिमा फस्न पाउने छैन।
हिजोको नेतृत्वले गरेको
सबै व्यथिति ढलीसकेको छ,
अब Alpha ले
उनीहरूलाई आजैबाट पढ्न थालेको छ,
परिवर्तनका सबै पाठहरू पढ्न–देख्न पाइने युग
अब आइसकेको छ।

भाग्ने छुट छैन,
पछि हट्ने ठाउँ छैन।
नेपाललाई समृद्ध बनाउने जिम्मा
तिमीहरूले लिइसक्यौ —
यो इतिहासले लेख्ने
अन्तिम आँसु होइन,
पहिलो मुस्कान बन्ने छ।

सारथि बाल पत्रिका

View Comments

Recent Posts

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

6 minutes ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

22 minutes ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

25 minutes ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

1 day ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

1 day ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

1 day ago