रजनी खत्री

प्रिय साग
मुटुभरिकाे माया

तिमीलाई आफ्नै सुकाेमल हातले , आफ्नो सानो करेसाबारीमा राेपेँ,गाेडेँ, मलजल गरेँ । तिमीलाई मिठाे स्वादिलो, सुन्दर बनाउन तिम्रा अङ्गमा कुनै रासायनिक मल प्रयोग गरिन । तर पनि मेरो स्वभाव कि म सबैको धेरै प्रिय बनेछु। तिमी भन्दा माेटाघाटा , अग्ला, हेर्दै खाऊँखाऊँ लाग्ने काेसेली सागकाे आगमनले तिम्रो याे पातला, माया लाग्दा शरीरलाई याे सुकाेमल हात लगाउन पाएकी छैन । यसका लागि म तिमीसँग हैन कि आफैँसँग लज्जित छु । तिमीलाई माेटाेघाटाे बलियो बनाउन सकिन । यसको लागि क्षमाप्रार्थी छु । यदि आवश्यक परेमा म तिम्रो सदुपयोग अवस्य गर्नेछु । नभए फल्नु, फुल्नु अनि यसरी नै मेरो करेसाबारी भरिपूर्ण बनाउनु तिमी नयाँ बिज बनेर अर्को साल मेरो स्याहारसुसारले मस्त हरियाली हुनु है । अहिलेलाई यति नै बाँकी कुरा अर्को पत्रमा हस्।
उही तिम्री रजनी

सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

22 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

22 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago