
विमला प्रधान जाेशी
हाम्री छोरी सानीको
साह्रै राम्रो बानी
खेलिबस्छिन् सबैसँग
डोरी तानी तानी।
रातो जामा लगाइवरी
घरबाट जान्छिन्
दिनभरि खेलेपछि
साँझपख आउँछिन्।
वल्लो घर पल्लो घर
डुली डुली खेल्छिन्
साना-ठूला सबैसँग
कति मीठो बोल्छिन्।
खानापिना राम्रो खान्छिन्
थाल चाटी चाटी
खुशी भई स्कूल जान्छिन्
केश कोरी बाटी।
स्कूल जान्छिन् साथीसँग
सधैँ मिली मिली
पाठहरू याद राख्छिन्
साह्रै मनमा खिली।
पढ़ी गुनी आएपछि
खाजा खान्छिन् सानी
रूखा सुक्खा खाना पनि
साह्रै मीठो मानी।





