“सानी नानी”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २

हाम्री सानी नानी आहा ! कति ज्ञानी
हात मुख धाेई पढ्न बस्ने बानी ।

काेरी बाटी गरी पाठशाला जान्छिन्
खानेकुरा मिठाे घरकाे नै खान्छिन् ।

पढाइमा ध्यान खुबसित दिन्छिन्
राम्रा काम कुरा मनभित्र लिन्छिन् ।

रिसाउने बानी कत्ति पनि छैन
राम्राे बानी उन्काे फुर्काएकाे हैन ।

फुर्सदको बेला खेतबारी गर्छिन्
आफू सक्दाे काम गर्न अघि सर्छिन् ।

मन्दिरमा गई बाल्छिन् धूप दीप
नाँच गान गर्ने पनि छ है सीप ।

भन्छिन् ठूलाे भई ज्ञानी मान्छे बन्छु
मैले पनि तिम्राे प्रगति हाेस् भन्छु ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago