गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
सेतीसेती नानी
तेल खाने बानी
अघाएपछि राती
हुने रैछिन् जाती।
वरिपरि घेरामा
बन्ने एकै फेरामा
मीठो हुने खुब
राम्रो उस्तै रुप।
खानलाई मीठो
पाक्नलाई छिटो
सबैले मन पराउने
खाए भोक हराउने।
चाडपर्व आउँदा
सेल खान पाउँदा
रमाइलो मानेर
महत्त्व सब जानेर।
उत्सवको बेलामा
जात्रा र मेलामा
सेल खानेको लर्को
नमानेर झर्को।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…