Categories: कविता

“स्वास्थ्य शिक्षा”


शिव पुन

मिठो खाना ठुलो थाल, न लगाउ भाेग
त्यसैबाट जन्मन्छ रे, अति ठुलाे राेग।

खादा खाना तेल कम, नुन ठिक्क हाल्नु
वासी खाना खान हुन्न, खाल्डो भित्र फाल्नु।

फाल्ने गरि नपकाउ, पार्टी भाेज खाना
बसी- बसी फल्या हैन, त्याे अन्नको दाना।

बहु मुल्य अन्न दाना, फलाउनु पर्छ
अन्न दाना नपाएमा, मान्छे भाेकै मर्छ।

नुन तेल कम खानु, खानु धेरै पानी
भारि बाेक्ने खेत खन्ने, गर्नु पर्छ बानी।

पानी धेरै खाना कम, खानु पर्छ भने
पानी प्यास लाग्दाे रै छ, बारी खेत खने।

नखानु है सुर्ती खैनी, नपिउनु प्याला
नत्र फेरि घर जग्गा, फल्ने खेत जाला।

मुटु फाेक्साे भित्री अङ्ग, बच्ला हाम्राे पेट
भरि सके दिन- दिनै, पुग्ने गरौँ खेत।

साग सब्जी धेरै खाए, आँखा तेज हाेला
नुन तेल कम खाए, न त राेग छाेला।

खानु अघि हातमुख, राम्रोसँग धुनु
नत्र फेरि राेग लाग्छ, पर्छ हामी रुनु।

सारथि बाल पत्रिका

Recent Posts

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

8 hours ago

“जवाफ”

गंगाराम ढकाल भोटेकोसीमा एक्कासी आएको ठूलो बाढिले हजारौँ मान्छे बगायो । घर बगायो । बजार…

8 hours ago

मानिस बिनाशको कारण तैँ होस्

मचिन्द्र खत्री फुट्छन् अझै हिमाद्रीका काखका ताल पोखरी। तात्दो छ अवनी नित्य बाँच्लान् मानिस के…

9 hours ago

“खेल्न हुन्न बाबु नानी”

धनराज सिलवाल खेल्न हुन्न बाबु नानी पढ्नु पर्छ धेरै परीक्षामा सफल हुन लेख्नु पर्छधेरै। ज्ञान…

9 hours ago

पुतली झैँ हुन पाए …

रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…

1 day ago

डोरोमा बाँधिएको शोक

सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…

1 day ago