Categories: कविता

स्वीकार्नुहोस् यो नम:


आत्मराम न्यौपाने

जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको
जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको
जल्ले हर्नुभयो कुबुद्धि ननिको नासेर कालो तम
त्यस्ता श्री गुरुवर्गले म शिशुको स्वीकार्नुहोस् यो नम:।१

जल्ले दु:ख सही परिश्रम गरी खाई नखाईकन
सच्चा ज्ञान मिठा मिठा दिनुभयो निर्धक्क आजीवन
जल्ले फाल्नुभयो मभित्र निशिको कालो अँध्यारोपन
त्यस्ता श्री गुरुवर्गले म शिशुको स्वीकार्नुहोस् यो नम:।२

जल्ले देख्नुभयो दया र करुणा आँखा दुईमा सदा
जल्ले पाठ चुनी पढाउनुभयो द्रष्टा बनी सर्वदा
जल्ले जीवनका कला दिनुभयो जम्मै मिलाई क्रम
त्यस्ता श्री गुरुवर्गले म शिशुको स्वीकार्नुहोस् यो नम:।३

मर्नैपर्छ मरिन्छ मानव जुनी मर्ने न हो आखिर
बाँच्दा अन्तिम सास पोखिन पुगोस् यो राष्ट्रकै खातिर
जल्ले भन्नुभयो सिकाउनु भयो आदर्श यो कञ्चन
त्यस्ता श्री गुरुवर्गले म शिशुको स्वीकार्नुहोस् यो नम:।४

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

19 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

19 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago