गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौं
मेरी प्यारी हजुरआमा
हुनुहुन्छ जाती
जतिखेर नि भन्नुहुन्छ
नातिनी र नाति।
अझै पनि जोस उहाँको
तन्नेरीको झैँ लाग्छ
उहाँलाई देखेपछि
अल्छीपन भाग्छ।
फर्याकफुरुक गरिरहने
कति राम्रो बानी
मेरी प्यारी हजुरआमा
प्रेरणाको खानी।
अनुहारको हाँसोमा
देख्छु जूनतारा
आफ्नोसामु पाउँदा
पीडा भुल्छु सारा।
कथा भन्ने उस्तै राम्रो
गाउने पनि गीत
उहाँको जस्तो मीठो गरी
कसले लाउला प्रीत ??
श्रोतः नेपाली बालसाहित्य
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…