केशवराज अधिकारी
सत्यकुरा भन्नु भयो हजुर बाले पक्कै
हजुर बा का कुरा सुन्दा पर्छु म त छक्कै।
पैलापैला घरघरै धारा थिएन रे
पानी लिन मूल सम्म जानु पर्थ्यो अरे।
लुगा धुन्थे खरानीमा पकाएर चट्टै
सत्यकुरा भन्नु भयो हजुर बाले पक्कै।
नुहाउँन निकै राम्रो तिते पाती,मोई
नीम पानी,रिठा दाना,पिना रोज्थे कोई।
कम्ती छैनन् साबुन र स्याम्पु भन्दा पक्कै
हजुर बा का कुरा सुन्दा पर्छु म त छक्कै।
खाजा बन्थ्यो मकै फुल कचौरामा मोई
ढिडो,रोटी,पुवा,खट्टे,टोटे खान्थे कोई।
भन्नु भयो हजुर बा का जीवनीका कुरा
पत्याउनै गाह्रो मान्छन् अहिलेका भुरा।
सत्यकुरा भन्नु भयो हजुर बाले पक्कै
हजुर बा का कुरा सुन्दा पर्छु म त छक्कै।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…