Categories: कविता

“हराए गाैँथली”


दुर्गा पाैड्याल
शंकरनगर,चितवन

सुन सुन साथीहरु एउटा कुरा भन्छु
गाैँथली चराकाे कथा सुनाउँ छु।

अरु चरा रुखरुखमा गुँड बनाई बस्छन्
गाैँथलीले घर गाेठमा घर बनाई बस्छन्।
पैला पैला जताततै गाैँथली देखिन्थे
घर घरका दलान दलिन घर बनाउँथे।

जता हुन्थ्याे हिलाे माटाे उतै जान्थे लिन
ठाेडमा च्यापी माटाे ल्याउँदा मान्दैनथे घीन।
भाले पाेथी पालैसँग माटाेलिन जान्थे
हावामा उड्दाउड्दै चारा पनि खान्थे।

माटाेलाई ठुडले नै मिलाउँदै जान्थे
पन्ध्र बीस दिन लगाएर घर तयार पार्थे।
ठूलाे पार्थे बस्ने ठाउँ पस्नेठाउँ सानाे
बनाउन पर्दैनथ्याे घर माथि छानाे।

जब बन्थ्याे घर उन्काे पाेथी अण्डा पार्थी
महिनाभरि अण्डा सेकी चल्ला उ निकाल्थी।
भाले पाेथी पालै पालाे चारा ल्याई ख्वाउँथे
प्वाख उम्रेपछि भने उड्न सिकाउँथे।

जब चल्ला ठूला हुन्थे घर आँगनमा उड्थे
चिरचिर चुरचुर गरिगरि गीत सुनाउँथे।
अलि ठूला भएपछि आफैँ उड्न थाल्थे
माथि माथि उड्दा उड्दै चारा आफैँ खान्थे।

मानिसका मित्र थिए किरा खाई बाँच्थे
हावासँग कावा खेल्दै मजासँग नाँच्थे।
हराई गए ती गैँथली कतै देखिदैनन्
मानिस बने उन्का शत्रु तिनी भेटिदैनन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

21 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

21 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

22 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago