Categories: कविता

“हाम्री गुरूआमा”

सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं

विद्यालय ज्ञानकाे मन्दिर हामी साना नानी
कापी कलम झाेला बाेकी विद्यालय जानी
सफा शान्त विद्यालय मन चङ्गा हुन्छ
गुरूआमा साथी देख्दा झनै दङ्ग हुन्छ ।

भविष्यका कर्णधार हामी साना नानी
असल शिक्षा दिनुहुन्छ गुरूआमा जानी
पढाएका राम्रा कुरा ध्यान दिनुपर्छ
किताबका पानाबाट माेती झिक्नुपर्छ ।

नजानेका सिकाउने हाम्री गुरूआमा
असल मार्ग देखाउन गर्नु हुन्छ धामा
विज्ञान र गणितले नाैलाे ज्ञान दिन्छन्
अङ्ग्रेजी र नेपालीले भाषा सिकाउँछन् ।

सामाजिक प्राणी हामी समाजमा बस्छाैँ
भन्ने ज्ञान सिकाउने सामाजिक पढ्छाैँ
हाँस्न नाच्न बाँच्न पनि सिकाउने राम्राे
धेरै धेरै माया गर्ने गुरूआमा हाम्राे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

2 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

3 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

3 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago