
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी
राधे राधे भक्तपुर
हाम्रो देश नेपाल
छन् धेरै विशाल
उच्च पहाड हिमाल
फुल्छ गुँरास चिमल।
हिमाल पहाड तराई
गर्नु हुन्न बसाइँ सराई
जहाँ छौं बसौं रमाइ
हुन्छ हाम्रो कमाई।।
नेपाल कै हौँ छाेराछाेरी
बाटौँ एकताको डाेरी
मिठो कुरा सधैँ बाेली
पढौँ लेखौँ दिल खाेली।।
कापीकलम समाइ
क,ख,,ग,घ लेखेर
पढ्नुपर्छ रमाइ
भविष्य राम्रो देखेर।।
स्कुलमा राम्रोसँग पढेर
ज्ञान गुनकाे कुरा सिकेर
हात समाइअघि बढौँला
शिक्षाको सन्देश छरौँला।।
स्वर्ग जस्तै हाम्रो नेपाल
लाग्छ हामीलाई विशाल
हाँस्दै गाउँदै नाँच्दै रमेर
बस्ने छौँ यही देशमा जमेर ।।





