घनश्याम रेग्मी
चम्पा जुही सुन्दर फक्रिएका
बास्ना मिठा मग्मग गम्किएका
यो फूलबारी सबले सजाई
राम्रो बनाऊँ प्रिय देशलाई।
पुर्खा थिए वीर पराक्रमी ती
रक्षा गरे देश गरेर युक्ति
छौँ आज हामी पथमा तयार
यो राष्ट्र हाँक्ने छ महान् विचार।
यो चिन्तना बन्नु हुँदैन कोरा
नेपालका वीर सुपुत्र छोरा
उत्साह बोकी सब चम्किएका
कर्तव्यका खातिर लम्किएका।
शिक्षा र दीक्षा युग चेत पाए
आदर्शको चित्र उतार्न पाए
बन्नेछ यो देश थुँगो समान
होस् हौसला उच्च विचार ध्यान।
यो फूलबारी गरियोस् उज्यालो
सच्चा सबै सेवक हौँ धरालो
हामी जुटौँ देशनिमित्त पुत्र
माला बनोस् देश उनेर सूत्र।
माहेश्वरी भट्ट कञ्चनपुर "दिदी, यो 'श्रावण प्रिमियम प्याक' लिनुस्।" "के–के छ त्यसमा ?" "हरियो चुरा,…
पुण्यप्रसाद घिमिरे २०८३/४/३,बैत्यश्वर-६,दाेलखा लाेग्ने मरेपछि, छाेडेपछि महिला किन बाेक्सी हुन्छन् हँ ? अँखा लाग्छ भन्ने,…
युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि…
गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ पत्रु खाना खायो भने ज्यान हुन्छ रोगी भविष्यमा बस्नुपर्छ अति कष्ट…
केशवराज अधिकारी पानीसरो गुह्येसरो लुत्तेझार खोजी। बेतलौरी कुरिलो र सिरुपात रोजि। कागती र सुन्तलाका फल…