डा छायादत्त न्यौपाने
रमाइलो पर्व हाेली याे
रङ्गै रङकाे चाड हाे
तराई पहाड हिमालकाे
सबकाे उस्तै हाल भाे
रङ लगाई गालामा
हाेली साझा हाइ हाइ!
सबै मान्छे आँगनमा
पराइ दुष्ट बाई बाई
तन मन उस्तै ढङ्गको
लेकबेंसी सँगै हिँडेको
धेरै रङकाे खेलाे याे
मिली खेले अवसर हाे
संस्कृति र इतिहास
मान्छे बन्ने संस्कार याे
घर बन्छ रमाइलो
हाेली एउटै पर्व हाे
पुर्खाकाे नासाे साझा हाे
मिलाई गला स्नेहकाे
रङ दल्ने तिहार याे
रङमै मान्छे मख्ख भाे!
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…