कमला घिमिरे अधिकारी
संसार हेर्ने आँखाको नानी हुनुपर्छ,
अहंकारी, दुष्ट होइन ज्ञानी हुनुपर्छ।
सबैकुरा ओगटेर बस्नु नराम्रो हो,
बाँडी खाने, हाँस्ने, खेल्ने बानी हुनुपर्छ।
लोभि, छुच्चो भयो भने गर्छन् तिरस्कार,
मिलनसार र दयाको खानी हुनुपर्छ।
ठुलालाई आदर गर्नु, सानाको ख्याल,
सबैको माया पाउन ज्ञानी हुनुपर्छ।
समयको ख्याल राखि गर्नुपर्छ काम,
कर्तब्यमा लगनशिल र ध्यानी हुनुपर्छ।
जुध्नुपर्छ समय र परिस्थिति सँग,
कहिले हावा, कहिले घाम-पानी हुनुपर्छ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…